Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीर अस्पतालले आगामी आर्थिक वर्षदेखि घर बहाल कर महानगरलाई नै बुझाउने

काठमाडौं । वीर अस्पतालले साउनदेखि घरबहाल कर काठमाडौं महानगरपालिकालाई बुझाउने भएको छ ।

अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत अब आगामी आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो ।

अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए वापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो ।

त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनु

पूर्वकै व्यवस्था अनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको भन्दै चालु आर्थिक वर्षदेखिको घर बहाल कर भने महानगरलाई बुझाउने बताएको छ ।

अस्पतालले गत आर्थिक वर्षसम्मको सबै कर आन्तरिक राजश्व कार्यालयमा बुझाइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077