Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्र प्रमुखहरूको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्ने भएका छन् ।

उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार उक्त जानकारी दिएका हुन्।

राष्ट्रपति पुटिन आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन्।

प्रधानमन्त्री मोदी पनि सो सम्मेलनमा भाग लिन जाँदै छन्। सम्मेलन कोभिड–१९ महामारीको दुई वर्षपछि उज्बेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077