Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेलाई पराजित गर्न नसकेपछि गठबन्धन गरेर अदालत गए : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई मसल भएको अभिमन्यू र सत्तारुढ दलहरुलाई कागजको बाघको संज्ञा दिएका छन् ।

माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियार लगायतलाई बिहीबार पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘आजको अभिमन्य नेकपा एमाले, त्यसबेलाको जस्तो कलिलो अभिमन्यू होइन । यो त मसल भएको अभिमन्यू हो । यो चक्रव्यूह तोड्ने, भित्र पस्न र त्यहाँ फोडेर बाहिर निस्कन पनि जान्दछ ।’

गठबन्धनमा आवद्ध दलहरुलाई भने कागजको बाघ मात्र भएको उनको दाबी छ ।

कोही पनि एमालेसँगै एक्लै लड्न तयार नभएको भन्दै ओलीले भने, ‘अहिले जसले आफूलाई महारथी भन्ने ठानेका छन्, तिनीहरु कागजका बाघ मात्र हुन् ।’

ओलीले एमालेलाई सहजै पराजित गर्न नसकेपछि गठबन्धन गरेर, अदालत गएर परमादेश जारी गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077