Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जय नेपाल हल परिसर खोतल्दा भेटियो टुकुचा खोला

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो ।

डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो।

महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो। महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवासीले उत्खननको माग गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077