Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

    भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नौ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।

    उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।



    पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् ।



    दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार