Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भिजिट भिसामा संलग्न अध्यागमन अधिकृतले दुई वर्षमै बनाए घर

    भिजिट भिसामा संलग्न अध्यागमन अधिकृतले दुई वर्षमै बनाए घर

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 3.6K
    SHARES

    काठमाडौं । भिजिट भिसाको सेटिङमा संलग्न भई फरार रहेका एक अध्यागमन अधिकृतले दुई वर्षकै अवधिमै ललितपुर घर बनाएका छन् । अधिकृत सुजन फागो लिम्बुले सेटिङकै आम्दानीबाट रातारात घर जोडेका हुन् ।

    स्रोतका अनुसार ललितपुरको हात्तीवनमा उनले घर बनाएका छन् । उनको परिवारको अन्य अतिरिक्त आम्दानी केही छैन । भ्रष्टाचारबाटै घर बनाएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीमाथि छानबिन थालेको छ ।



    बिचौलिया समूहसँग मिलेर अध्यागमनका कर्मचारीले औसतमा दैनिक प्रति कर्मचारी एक लाख रुपैयाँ कमाउने गरेका थिए । यसका लागि विमानस्थलमा सरुवा हुनै लाखौँ बुझाएर जाने गर्दथे । अधिकृत फागो लामो समय अध्यागमनमा बसेका कर्मचारी हुन् । विमानस्थलमा जानुअघि उनी अध्यागमन विभागमा कार्यरत थिए ।



    जहाँको प्रशासन शाखामा उनको जिम्मेवारी थियो । त्यो शाखामा रहँदा उनले ओभरस्टेका केसमा थोरै जरिवाना मात्र गरेर सेटिङमा उन्मुक्ति दिने गर्दथे । पछि विमानस्थलको सेटिङ थाहा पाएपछि पैसा बुझाएरै उनी त्यहाँ गएको स्रोत बताउँछ । यही अवधिमा उनले घर बनाएका हुन् ।

    फागोसहित नौ अध्यागमन अधिकृतविरुद्ध प्रहरीले गत साता मुद्दा दायर गरेको थियो । पक्राउ परेका अधिकृत नरवीर खड्काको बयानको आधारमा उनीहरु तानिएका हुन् । फागोसहित अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु प्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल फरार छन् ।

    उनीहरु सबैको अख्तियारले सम्पत्ति छानबिन गर्ने तयारी गरेको छ । उनीहरूमध्ये पौडेल पनि पटक पटक अध्यागमन बसेका कर्मचारी हुन् । उनी पूर्वगृहसचिव महेश्वर न्यौपानेको पिए भएका आधारमा अध्यागमन गएका थिए । त्यस्तै, फरार आचार्य पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा बसेका कर्मचारी हुन् ।

    उता प्रहरीले दायर गरेको भिजिट भिसाको सेटिङसम्बन्धि मुद्दामा मंगलबार अदालतले अधिकृत खड्कासहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार