Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अध्यागमनमा भिजिट भिसाको सेटिङ रोकिएन

    अध्यागमनमा भिजिट भिसाको सेटिङ रोकिएन

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । प्रहरीले आठ अध्यागमन अधिकृतविरुद्ध कीर्ते र संगठित अपराध मुद्दा दायर गर्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको सेटिङ रोकिएको छैन ।

    पछिल्लो दुई सातायता अध्यागमनमा सेटिङ मौलाएको छ । फागुन १३ गतेदेखि बुधबारसम्म करिब चार सय जना सेटिङमा विदेश उडेको स्रोत बताउँछ । साथै, सेटिङ बाहिरकालाई सबै प्रक्रिया पूरा गर्दा पनि अफलोड गर्ने प्रवृत्ति बढेको छ ।



    अध्यागमनको रात्रि समूहका काम गर्ने कर्मचारीहरूले पुरानै टिमसँग मिलेर धन्दा चलाएका हुन् । अध्यागमनका कर्मचारीहरू ज्योतिराज अर्याल, सञ्जय कुमार शाह, अशोक कुमार क्षेत्री, सुजन भ्लोन, इन्द्र बहादुर क्षेत्री, राजु शर्मा, मञ्जु भण्डारी सेटिङको कोर समूह सक्रिय छ ।



    गृह मन्त्रालयले बनाएको ६ बुँदे मापदण्डअनुसारका कागजात पुगेका यात्रुहरूलाई समेत उनहरुले होटेल बुकिङ नक्कली भएको आशंकाकै आधारमा रोक्ने गरेका छन् । यसरी नरोक्दा आम्दानी घटेपछि सेटिङ मौलाएको प्रहरी स्रोत बताउँछ ।

    उनीहरुविरुद्ध केही पीडितले गृह मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी गरेका छन् । हाल अध्यागमन विभागमा पनि महानिर्देशक नभएकाले यस्तो सेटिङ मौलाएको हो ।

    विभागका महानिर्देशक रुद्रसिंह तामाङ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै विभागको नेतृत्व रिक्त छ । यही मौका अध्यागमनमा बेथिति बढेको छ ।

    विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन हमालकै मिलेमतोमा सेटिङ फेरि सुरु भएको स्रोत बताउँछ । अध्यागमनमा अनेक काण्ड हुँदा पनि हमाललाई हटाइएको छैन । उनी नक्कली लाइसेन्स प्रकरणमा पनि छानबिनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार