Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमनले पठायो फिर्ता

    भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमनले पठायो फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 14.5K
    SHARES

    काठमाडौं । भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमन कार्यालयले रोकेको छ ।

    भ्रमण उद्देश्य नखुलाई दुबई, कुवेत, कतार र मकाउ हिँडेका उनीहरूलाई रोकिएको हो ।



    अध्यागमन कार्यालयका अनुसार फिर्ता गरिएकाहरूमध्ये अधिकांश युएई जान लागेका थिए । जसमा युएई जान लागेका २४, कुवेत, कतार र मकाउ जान लागेका एक/एक जना रहेका छन् ।



    उनीहरूले आफ्नो आवश्यक कागजातसमेत नबोकेको र भ्रमणका बारेमा प्रस्टरूपमा भन्न नसकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार