Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृत खड्कासहित ४ जना कारागार चलान, ६ जनासँग धरौटी माग

    भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृत खड्कासहित ४ जना कारागार चलान, ६ जनासँग धरौटी माग

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृत नरवीर खड्कासहित चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

    गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणी गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।



    सो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ । यही मुद्दामा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ ।



    भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्धा चलाइएको थियो । यस्तै आन्तरिक राजश्व विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार