काठमाडौं । लागुऔषधसहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गोकर्णेश्वर नगरपालिका-७ ग्रिनहिल सिटीबाट एक जनालाई बुधबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महोत्तरी माइस्थान घर भई ग्रिनहिल सिटी बस्ने २५ वर्षीय गुप्तबहादुर लुंगेली पक्राउ परेका हुन् । उनीबाट ८४७ पिस लागुऔषध बरामद भएको हो।
नाइट्राभेटलगायत विभिन्न लागु औषध बरामद भएको प्रहरीले जनाएको छ। उनीबाट १५ हजार रकम, बा ७८ प ५८९६ नम्बरको बाइक पनि बरामद भएको छ।
प्रहरी वृत्त बौद्धले यस घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।