Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेंगु संक्रमितका लागि काठमाडौं महानगरले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितहरुका लागि हटलाइन सेवा सुरु गरेको छ । डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने महानगरले जानकारी गराएको हो ।

महानगरका प्रमुख बालेन शाहले सेवा सुरु गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सक्ने प्रमुख शाहले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'डेङ्गु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो । यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ । भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ । डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौँ । संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ । त्यस्तै आवश्यक भएमा ज्ञण्द्द मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ ।'

साथै प्रमुख शाहले यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि हार्दिक अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077