Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको युरोपा लिगमा पहिलो गोल, युनाइटेड २–० ले विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले करिअरमा पहिलोपटक युरोपा लिगमा गोल गरेको दिन म्यानचेष्टर युनाइटेडले बिहीबार राति शेरिफ टिरास्पोललाई २–० ले पराजित गरेको छ ।

यूईएफए च्याम्पियन्स लिगमा कीर्तिमानी गोल गरेका रोनाल्डोले ३९औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

३७ वर्षे रोनाल्डोको जारी सिजन यो पहिलो गोल हो । त्यस्तै रोनाल्डोको क्लब प्रतियोगितामा यो ६९९औं गोल हो । त्यसअघि युनाइटेडले १७औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो ।

जितसँगै युनाइटेडले युरोपा लिगको समूह ‘ई’मा तीन अंक जोड्न सफल भएको छ । ६ अंक जोडेको रियाल सोसिडाड शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077