Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदले खिचाए सामूहिक तस्वीर

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेले आफ्ना सांसदलाई धन्यवाद ज्ञापन गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको अन्तिम बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

संसदमा खेलेको भूमिकाप्रति धन्यवादसहित ओलीले चुनावको तयारीमा लाग्न सांसदहरूलाई निर्देशन दिए ।

संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदहरूले सामूहिक फोटो खिचाएका छन् ।

प्रतिनिधि सभामा एमालेका ९१ सांसद थिए । प्रतिनिधि सभाको कार्यकाल शनिवार मध्यरातबाट अन्त्य गर्ने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077