Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहा जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा जाँदैछन्। सिरहामा विभिन्न पार्टी परित्याग गरि एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली सिरहा जान लागेका हुन्।

एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवलायतका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नेछन्। गोलबजार नगरपालिकाको चोहर्वामा पार्टी प्रवेश कार्यक्रम राखिएको मण्डलको भनाइ छ।

आम निर्वाचन नजिकिँदै जाँदा एमालेले निर्वाचनको तयारी तीव्र पारेको छ। अध्यक्ष केपी शर्मा ओली देश दौडाहा गरिरहेका छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा एमाले भने एक्लै चुनावी दौडमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077