Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सांसदहरुलाई बिदाइ गर्दै ओलीले भने - निर्वाचनमा चमत्कारिक उपलब्धि हाँसिल गर्न चुनावमा खटिनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका हुन् ।

अध्यक्ष ओलीले भने,‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ ।’

बैठकमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए ।

अध्यक्ष ओलीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077