Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रश्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुआत गर्ने योजना बनाएको बताए ।

खेलकुद विश्वविद्यालयले खेलप्रति युवाको आकर्षण बढ्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रूपैयाँ लागतमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो। लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ।

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याईनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077