Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शुक्रबार १४ अंकले नेप्से घट्दा ९० करोडको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

शुक्रबार नेप्से परिसुचक १४ दशमलव १० अंकले घटेर १९१० दशमलव ३८ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २३ अंकले घटेर ३७१ दशमलव ९० विन्दुमा रोकिएको छ ।

यसैगरी, आज २२० कम्पनीको ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँ बराबरको २९ लाख १६ हजार २७१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ ।

असारदेखि सातमा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077