Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिनिधि सभाको कार्यकाल सन्तोषजनक रह्याे : अध्यक्ष ओली

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गरेका छन् ।

संसदीय दलको अन्तिम बैठकमा आज शुक्रवार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँ–गाउँ जान पनि निर्देशन दिएका छ ।

प्रतिनिधि सभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा गरे ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा सर्वसम्मत पारित गर्नु ऐतिहासिक काम भएको उनले बताए ।

उनले भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077