Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डा. केसीकाे अवस्था बुझ्न मानव अधिकारकाे टाेली अस्पतालमा

धनगढी । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चासो देखाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशीसहितको टोलीले सेती प्रादेशिक अस्पतालमै पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न पाउने नागरिकको अधिकार भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक मोहनदेव जोशीले बताए।

लामो समयसम्म अनसन बसेर माग राख्नुपर्दा स्वास्थ्यमा आउने जटिलताबारे सरकार जिम्मेवार हुनुपर्ने निर्देशक जोशीले बताए । केसीको जीवन रक्षा गर्ने दायित्व राज्यको भएकाले डाक्टर केसीले राखेका मागबारे सरकार गम्भीर हुनुपर्ने उनकाे भनाइ छ ।

२०औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह थालेका हुन्। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077