Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार आरोपमा आम आदमी पार्टीका विधायक गिरफ्तार

एजेन्सी । आम आदमी पार्टीका विधायक अमानतुल्लाह खानलाई भ्रष्टाचार गरेको एक मुद्दामा गिरफ्तार गरेको छ ।

भारतको नयाँ दिल्लीको एन्टी करप्सन ब्रान्चले शुक्रबार उनलाई पक्राउ गरेको हो ।

समाचार एजेन्सी पिटिआइका अनुसार दिल्ली वक्फ बोर्डका अध्यक्षसमेत रहेका खानलाई गिरफ्तार गर्नुको कारण पनि यही संस्थामा भएको भर्नासम्बन्धी भ्रष्टाचारको मुद्दा हो ।

उनको घरमा छापा मार्दा २४ लाख नगद पनि बरामद भएको थियो । साथसाथै दुई वटा लाइन्सेन्स नभएका बन्दुक पनि बरामद गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077