Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अछाममा बाढीपहिरो : घरभित्र पुरिएका ४ जनाको शव फेला, १२ जना बेपत्ता

अछाम । अविरल वर्षाका कारण अछाममा ठूलो धनजनको क्षति गरेको छ । पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटाभन्दा धेरै घर पुरेको हो ।

पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ।

उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको डीएसपी डाँगीले बताए । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077