Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संविधान दिवसलाई जनताको दिवसका रुपमा अगाडि बढाउनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौंमा वाकाथन (पदयात्रा)को आयोजना गरेको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएकोमा ओलीले खुसी व्यक्त गरे ।

त्यस अवसरमा उनले भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा ओलीले जोड दिए ।

निर्वाचनमा लोकतन्त्र, राष्ट्रियता र संविधानले हार्न नहुने विषयमा सतर्क रहन ओलीले नेता कार्यकर्तालाई सचेत गराए । उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए ।

गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने उनको भनाइ थियो । ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077