Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीको प्रश्न – विपक्षलाई दिनुपर्छ भनेर बेल किन घेरेको ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रतिपक्षी दलको नेताभन्दा पहिला प्रधानमन्त्रीलाई बोल्न दिएकोमा गुनासो व्यक्त गरेका छन् ।

शनिवार प्रतिनिधि सभाको बैठकमा समापन मन्तव्य राख्दै ओलीले शेरबहादुर देउवा प्रतिपक्षमा रहँदा स्थापित गरेको कुरा उल्लंघन गरिएको बताएका हुन्।

समापन मन्तव्य राख्ने क्रममा सभामुखले शुरुमा प्रधानमन्त्री देउवालाई बोल्न समय दिएका थिए ।

ओलीले भने, ‘प्रतिपक्षमा भए पनि यो कुरा अहिले गर्दिन । चुनाव घोषणा गर्दा प्रतिगमन भयो भन्नु प्रतिपक्षी दलको नेताले पहिला बोल्न पाउँछ भनेर बेल घेरेजस्तै हो ।’

अन्तिम बैठकमा ओलीले प्रतिनिधि सभा विघटनको निर्णयको बचाउ गर्दै पुनर्स्थापना नभएको भए गत वैशाखमै चुनाव भइसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077