Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यो संसदप्रति नेपाली जनता सन्तुष्टि छैनन् : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो शासन व्यवस्था र संविधानबाट जनता सन्तुष्ट नभएको बताएका छन्।

संसदमा बोल्दै महतोले जनता सन्तुष्टि हुनेगरी यो संसद र सरकारले काम नगरेको बताएका हुन्।

महतोले भने, ‘जनताको अधिकार र पहिचानमा के सुधार भयो त? यो समीक्षाको विषय हो। नेपाली जनता कत्तिको सन्तुष्टि भए? नेपाली जनतालाई सोध्नुपर्ने विषय हो। यो संसदप्रति नेपाली जनता सन्तुष्टि छैनन्। यहाँ सबै ठीकठाक भनेर प्रशंसामात्रै गरियो।’

देश समृद्धितर्फ अगाडि बढ्न नसकेको बताए। १६ बुँदे सहमतिका आधारमा बनेको संविधानले न्याय नदिने बताए। औपनिवेशिक चिन्तन सोँचबाट जनताले न्याय नपाउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077