Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरद्धारा टुकुचा खोला उत्खननको काम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ ।

शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो ।

केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो ।

महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077