Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल टेलिकममा करोडौ कमिशनको खेल , प्रबन्ध निर्देशक पौडेलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । करोडौ घोटला गर्न लागेको भन्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल टेलिकमका कर्मचारीहरुले आइपीटि र आइपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने सम्बन्धमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै पौडेलविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

उनीहरुले कम्पनीमा नयाँ एपडी पौडेल आएदेखि नै विभिन्न अनुचित चलखेलहरु भईरहेको दाबी गर्दै अख्तियारलाई छानविन गर्न माग गरेका छन् ।

जेठ २३ गते टेलिकमको केन्द्रीय कार्यालयमै बैठक बसेर छ अर्ब २२ करोड ५७ हजार भन्दा बढीको ब्याण्डविथ खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरिएको भएपनि पौडेलले हालसम्म नयाँ टण्डर आह्वान नगरी बैठकको निर्णय विपरित काम गरेको उजुरीमा उल्लेख छ ।

पुरानो टेण्डरको समय समाप्त भईसकेको भन्दै उनले अनुचित चलखेल गर्न थालेपछि हालसम्म काम हुन नसकेको कर्मचारीहरुको आरोप छ ।

हालका प्रबन्ध निर्देशक पौडेल, सिटिओ प्रतिभा बैद्य, म्यानेजर देबेन्द्र खतिवडा र डा. बिमल आचार्यको मिलेमोतोमा नयाँ टेण्डर नखोली पुरानो सप्लायर्सलाई नै करिब १ वर्ष म्याद थपेर करोडौ कमिसन लिन लागेको उजुरीमा भनिएको छ ।

विवादास्पद छवीका पौडेल  सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिताता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल निकट हुन् ।

पौडेललाई देउवा सरकारले चैत २४ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो। उनको टेलिकममा आएको पाँच महिना पुरा भएको छ। तर, पौडेलले कुनै उल्लेखनिय काम गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077