Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानमा ठूलो आँधीको चेतावनी, सुरक्षित ठाउँमा जान आग्रह

एजेन्सी । जापानमा ठूलो आँधीको चेतावनी जारी गरिएको छ । ‘नानमाडोल’ नामक आँधी जापानतर्फ बढेको छ । त्यहाँको मौसम विभागले झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न भनेको छ ।

विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ । ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको बीबीसीले जनाएको छ ।

प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशीमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।

आँधीले घरहरु भत्कन सक्ने र वर्षाका कारण बाढीरपहिरो निम्त्याउन सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077