Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ स्टक एक्सचेन्ज र स्टक ब्रोकरका लागि आवेदन माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार -कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आवेदन माग गरेको छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको हो । बोर्डले गत साता मात्रै धितोपत्र व्यवसायी -धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको पाँचौ संशोधन गरेको धितो ।

बोर्डले यसपटक दलाल व्यवसायीको लाइसेन्समा कोटा नतोकी योग्य सबै आवेदकलाई लाइसेन्स दिनेगरी नियमावली संशोधन गरेको छ । नियमावली संशोधन भएर प्रथम पटक लाइसेन्स दिएपछि भने बजारको अवस्था अध्ययन गरेर हरेक ३/३ वर्षमा लाइसेन्सको आवेदन माग गर्न सकिनेछ ।

सीमित कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड न्युनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । बोर्डले स्टक ब्रोकर र स्टक डिलरको लागि सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077