Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दीपक मनाङेको ‘दुई नम्बरी’ सिड्नीमा प्रदर्शन हुने

काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे निर्माता रहेको फिल्म ‘दुई नम्बरी’ अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ ।

अष्ट्रेलिया प्रदर्शन जिम्मा लिएको फन्टाष्टिक इभेन्टका गगन शर्माले फिल्म अक्टोबर ७ देखि सिड्नीमा प्रदर्शन हुने जानकारी दिए ।

उनले फिल्मको अष्ट्रेलिया राम्रो क्रेज देखिएकोले प्रदर्शन गर्न लागेको बताए । ‘दुई नम्बरी’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो ।

दुई साथीको मित्रतालाई देखाइएको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ।

फिल्ममा सौगातको जोडी उपासना र दयाहाङको जोडीको रुपमा उगेनलाई देख्न सकिन्छ।

दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।

फिल्म असोज २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077