Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनका लागि ‘बालगिरि’मा हतियार दिन सेनालाई प्रहरीको पत्राचार

काठमाडौं । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ ।

निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ ।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रहरीले २८ सय थान पेस्तोल उपलब्ध गराउन सेनालाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077