Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिविमा कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो ताला

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आइतबार खुलाइएको छ।
चौतर्फी दबाबपछि दुवै आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लागेको ताला खुलाइएको हो।

तालाबन्दीका कारण आर्थिक तथा प्रशासनिक कामकाजहरू ठप्प रहँदै आएको थियो भने कर्मचारीलाई तलव खुवाउन सकस परेको थियो।

त्रिविका कर्मचारीले लगातार अनुरोध गरेपछि नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले श्यामराज ओझा, विष्णु बडैला, दिपक ओझा र हरिष देउवालाई प्रतिनिधिको रूपमा वार्तामा पठाइएका थिए।

विभिन्न १३ वटा शाखा प्रमुखहरू र विद्यार्थीको विचमा आर्थिक र कर्मचारी शाखा खोल्ने सहमति भएको थियो। नेविसंघले असार २७ गते महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डिन कार्यालयमा तालाबन्दी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077