Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

साताको पहिलो कारोबार दिन नेप्सेमा उच्च गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ।

आईतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ।

नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले घटेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

आईतवार नेप्सेपरिसूचक उच्च अंकले घटेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य ५.३५ प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ। तर यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ। आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077