Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेनाले दशैंमा घर जान नि:शुल्क बस र हवाई सुविधा दिने

काठमाडौं । दशैंलाई लक्षित गर्दै नेपाली सेनाले नि:शुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको छ।

दशैंमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारलाई लक्षित गर्दै सेनाले नि:शुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको हो।

सडक सञ्जाल पुगेका स्थानहरुसम्म बसमार्फत् नि:शुल्क सेवा दिने र सडक सञ्जाल नभएका ठाउँहरुमा हवाई सेवा दिने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।

भदौ २९ गतेदेखि सुरु गरिएको हवाई सेवामार्फत् अहिलेसम्म १३४ जनालाई गन्तव्यमा पुर्‍याइएको सेनाले जनाएको छ।

बस सेवा भने असोज ४ गतेबाट सञ्चालनमा ल्याइने छ।

सैनिक कल्याणकारी सेवा अन्तर्गत यो सुविधा उपलब्ध गराइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077