Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोजर लगाएर उत्खनन गरेपछि सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा

काठमाडौं । गायब अवस्थमा रहेको टुकुचा खोला हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि भेटिएको छ ।

काठमाडौं महानगरपालिकाले डोजर लगाएर उत्खनन गरेपछि गायब अवस्थमा रहेको खोला भेटिएको हो ।

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ ।

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो ।

शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउन्डमा पनि महानगरले टुकुचा खोला उत्खनन गरेको थियो ।

[insert page='164054' display='yopanipadhnuhos.php']

तर, उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन आजै अल्पकालीन अन्तरिम आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077