Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनसनरत डा. केसी पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच भएको पहिलो चरणको निष्कर्षविहीन भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा कुनै सहमति नभएको हो ।

थप गृहकार्य गरेर भोलि अर्को चरणको छलफल गर्ने सहमति भएको बताइएको छ । सकारकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा शिक्षासचिव, स्वास्थ्यसचिव सहभागी छन् । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली छ ।

पहिलो दिन आज डा. केसीले राखेका मागहरूमा बुँदागत छलफल भएको बताइएको छ । सरकारका तर्फबाट डा. केसीसँग हालसम्म भएका सम्झौताको कार्यप्रगतिबारे जानकारी दिने काम भएको थियो । धनगढीस्थित गिता सत्संग समितिको धर्मशाला भवनमा अनसनमा रहेका डाक्टर केसीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पतालको वार्डमा भर्ना गरिएको हो।

उनी सेती प्रादेशिक अस्पतालमा आमरण अनशनमा रहेका छन् । डा. केसीको स्वास्थ्य अवस्था सातौँ दिनमा आइपुग्दा अवस्था जटिल भएको अस्पतालले जनाएको छ । केसीको यो अनसन २०औं पटक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077