Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुससँग लड्न कंगो मिसनबाट फर्कियो युक्रेनी फौज

एजेन्सी । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कंगोमा कार्यरत २५० जना युक्रेनी फौज रुसी फौजविरुद्ध लड्न स्वदेश फिर्ता भएका छन् ।

गत मार्चमा युक्रेनका उड्डयन एकाइलाई फिर्ता लैजाँदा कूटनीतिज्ञहरूले संयुक्त राष्ट्र संघको मिसनमा हेलिकोप्टरको अभाव हुनसक्ने चेतावनी दिएका थिए ।

कंगोको पूर्वी क्षेत्रका घना जंगलमा रहेका विभिन्न लडाकु समूहहरूसँग लड्न हेलिकोप्टरको महत्वपूर्ण भूमिका छ । संयुक्त राष्ट्र संघको त्यहाँ प्रयोगमा रहेका विमानमध्ये एक तिहाइ अर्थात् आठ वटा हेलिकोप्टर युक्रेनको थियो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युक्रेनले संयुक्त राष्ट्रसंघको शान्ति सेनाको अन्य मिसनबाट पनि आफ्ना फौज फिर्ता बोलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077