Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ९९८ विभूषण प्रदान

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण प्रदान गरेकी छन् । सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा २७७ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधान दिवसका अवसरमा विभूषण प्रदान गरिएको बताइएको छ।

राष्ट्रपति भण्डारीले नेपाल रत्न (१) पदकसहित जम्मा ९९८ विभूषण प्रदान गरेकी हुन्। नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई प्रदान गरिएको छ ।

त्यस्तै राष्ट्र गौरवबाट स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई विभूषित गरिएको छ । सुप्रसिद्ध प्रबल जनसेवाश्री संस्कृतिविद् डा. जगमान गरुङलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077