Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् गर्दै

काठमाडौं  । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोतल्ने अभियानलाई जारी राखेको छ।

महानगरपालिकाको डोजर सहितको नगरप्रहरी टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् सुरु गरेको छ।

सम्भावित क्षेत्र पहिचान गर्दै सो ठाउँमा डोजर चलाएर उत्खनन् थालिएको हो ।

महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ ।

चार मिटर कायम गर्नेगरी टुकुचाको व्यवस्थापन गर्ने महानगरको योजना छ ।

महानगरविरुद्ध उक्त क्षेत्रका केही व्यक्तिले भवन भत्काउनका लागि रिट दायर गरेपछि उच्च अदालत पाटनले तत्काल भवन नभत्काउनका लागि अल्पकालिन आदेश दिएको छ ।

भवन नभत्काउन अदालतले आदेश दिए तापनि महानगरले अहिले टुकुचा खोला पत्ता लगाउनका लागि उत्खनन् जारी राखेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077