Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसले निर्वाचन आयोगमा ३ बजे बन्द सूची बुझाउने

काठमाडौं । नेपाली कांग्रेसले सोमवार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने भएको छ । अन्य दलहरू बन्दसूची बुझाउनका लागि आयोग पुगिसकेका छन् ।

नेपाली कांग्रेसले दिउँसो ३ बजे आयोग पुगेर बन्दसूची बुझाउने तयारी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतवार र सोमवार समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ ।

आज बन्दसूची बुझाउने अन्तिम दिन भएकाले सबै दलले बन्दसूची बुझाउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077