Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिकित्सक संघद्वारा अनशनरत डा. केसीको जीवनरक्षा गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । संघले साेमबार विज्ञप्ति जारी गर्दै सरकारसँग यस्ताे माग गरेकाे हाे।

चिकित्सक संघले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’

डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा संघले ध्यानाकर्षणसमेत गराएको हाे ।

यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा. केसी अनशनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077