Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रातारात काठमाडौं चेन्ज गर्नुपर्छ,अब सुत्ने होइन उठ्ने बेला हो : राजु पाण्डे

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख (एसपी ) राजु पाण्डेले काठमाडौं महानगरपालिकाले चाइना स्टाइलमा काम गर्न खोजेको बताएका छन्।

टुकुचा उत्खनन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेले महानगर अब नरोकिने र चाइना स्टाइलमा काम गर्ने बताएका हुन् ।

उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए।

उनले भने, ‘आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ। रातारात काठमाडौं चेन्ज गर्नुपर्छ। अब सुत्ने होइन, उठ्ने बेला हो।’

उनले महानगरले चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए।

[insert page='164054' display='yopanipadhnuhos.php']

आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077