Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको गोठाटारमा चल्यो गोली, एकजना घाइते

काठमाडौ । काठमाडौंको गोठाटारमा गोली चलेको छ । सोमबार साँझ गोलीले लागेर लाल मोहम्मद घाइते भएका हुन् ।

उनलाई उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकले घटनाको अनुसन्धान भइरहेको बताए ।

तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन ।

घाइतेलाई तीन वटा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077