Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एकीकृत समाजवादीका यी ९ जना शीर्ष नेता समानुपातिकको सूचीमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा समानुपातिक उमेदवारको बन्दसूची पेस गरेको छ ।

सोमबार पेस गरिएको बन्दसूचीमा पार्टीका केही शीर्ष तहका नेताहरुको नाम पनि समावेश छ । पार्टीका उपाध्यक्ष प्रमेश हमालसहितका नेताहरुले समानुपातिक रोजेका हुन् ।

समानुपातिक रोज्नेमा उपाध्यक्ष हमालसहित उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, स्थायी कमिटी सदस्य रामचन्द्र यादव, श्रीप्रसाद साह छन्।

यस्तै, स्थायी कमिटी सदस्य भविश्वर पराजुली, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिट्‌ब्यूरो सदस्य दीलकुमारी पन्त पनि समानुपातिक सूचीमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077