Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोठाटारमा गोली लागेका घाइतेको पहिचान खुल्यो, उपत्यकाका नाकाहरुमा कडाइ

काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।

चार राउन्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । उनी सर्लाहीका व्यवसायी रहेको खुलेको प्रहरीले जनाएको छ ।

रातो रंगको रर्ट लगाएर पोल्सर मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले प्रहरीसमक्ष बताएका छन् ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ भने उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077