Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएको घोषणा गरेका छन् ।

सोमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले राजीना दिएका हुन् ।आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए।

‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो। तर त्यो पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले भने,‘अरू प्रशिक्षकलाई स्थान दिन पद त्याग गर्छु।’

यसअघि सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो।

योसमेत गरी नेपाल पाँचौं‌ पटक फाइनलमा पराजित बनेको हो। यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टोली सेमिफाइनलमा रोकिएको थियो । त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077