Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोठाटार गोलीकाण्ड : घाइते मोहम्मदको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यवसायीको मृत्यु भएको छ ।

आज साँझ साढे ६ बजे लाल मोहम्मदलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।  मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको काठमाडौ प्रहरी परिसर स्रोतले  जनाएको छ ।

मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनको शरिरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ  भने उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077