Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ६ जनालाई जनही साढे तीन लाख जरिवाना

काठमाडौं । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम आयोगले सार्वजनिक गरेको हो ।

आयोगको शुक्रवार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख, उपमहानगरपालिकाका मेयर/उपमेयरले जनही साढे ५ लाख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले जनही साढे तीन लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार समयमै खर्च विवरण नबुझाएका अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदसहित ६ जनाले पनि जनही साढे तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

आयोगले सार्वजनिक गरेको नामावलीमा गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँद, उपाध्यक्ष सर देवी खड्का, एमालेबाट अध्यक्ष पदका उम्मेदवार राम आउजि र उपाध्यक्ष अनिता खड्का, नेकपा (एकीकृत समाजवादी)का हर्क बहादुर साउँद र नेकपा (माओवादी केन्द्र)का जीवन विक्रम साउँदले समयमै खर्चको विवरण बुझाएका छैनन् ।

उनीहरु सबै जनाले जनही साढे तीन लाख रुपैयाँ दरले जरिबाना बुझाउनुपर्नेछ । त्यस्तै गाउँपालिकाका वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदरवारले १ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र तोकिएको जरिवाना नतिरे उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077