Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • एमालेद्धारा चोलेन्द्रको पक्षमा सर्वोच्च अगाडी प्रदर्शनको तयारी, सुरक्षा व्यवस्था कडा

    एमालेद्धारा चोलेन्द्रको पक्षमा सर्वोच्च अगाडी प्रदर्शनको तयारी, सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 804
    SHARES

    काठमाडौं । अनेरास्ववियुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने भएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    नेकपा (एमाले) निकट अनेरास्ववियु, वीर गोर्खाली अभियान र १०० ग्रुपमा आबद्ध युवाहरूले सर्वोच्च अगाडी प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो ।



    प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाएका थिए ।



    सर्वोच्च प्रशासनलाई सूचना पठाएर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भएको भनेका थिए । एमाले  अहिले सम्मपनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको पक्षमा बोल्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार