Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सेयर बजारमा ३८ अंकको गिरावट

काठमाडौं। सेयर बजारमा ३८ अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ७.०० अंकले घटेर ३५८.८७ विन्दुमा बन्द भएको छ।

मंगलबार बजार ओरालो लाग्दा कारोबारमा आएका १३ वटै समूहका सूचक राताम्मे देखिएका छन्। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ।

हाइड्रो पावर, इन्भेस्टमेन्ट डेभलपमेन्ट बैंक समूहको क्रमश ३.३७ , ३.१९ र ३.२ प्रतिशतले ओरालो लाग्यो। यस्तै ट्रेडिङ, मनु एन्ड प्रो, माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घट्यो।

यसदिन कालिका पावर कम्पनीको सूचक १० प्रतिशतले ओरालो लाग्यो। यस्तै बरुण हाइड्रोपावरको ८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८२९ रुपैयाँमा सेयर खरिदबिक्री भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077