Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोठाटार गोली काण्ड : हत्या गर्नेहरु नजिकैको होटलमा बसेको खुलासा

काठमाडौं । काठमाडौंको गोठाटारमा कपडा व्यवसायी सर्लाही हरिवन-२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो । गोली हान्ने समूहमा ३ जना रहेको पनि प्रहरीले जनाएको छ ।

गोली प्रहारको क्रममा उनलाई एक महिलाले जोगाउने प्रयास गरेका थिए ।

प्रहरीले प्राप्त गरेको सिसिक्यामेरा फुटेजअनुसार एक तलामाथिबाट हाम फालेका महिलाले पेस्तोलधारीलाई रोक्ने प्रयास गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली हानी मोहम्मदको हत्या भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077